तीजबाट सकारात्मक ऊर्जा आउँछ : स्मीता

हिन्दू नारीको महान पर्व तीजलाई धार्मिक मान्यतामा मात्र सिमित राख्न नहुनेमा जोड दिइएको छ । सामाजिक शैक्षिक तथा वातावरणीय विकास प्रतिष्ठान (सिड फाउन्डेसन)ले आयोजना गरेको एक हप्ते सीपमूलक तालिम समापन समारोहमा बोल्ने बक्ताले यस्तो बताएका ह्न् ।

महिलाप्रतिको नकारात्मक र विभेदकारी भावना हटाउन सकारात्मक ऊर्जा प्रवाह गर्न पनि तीजमा भेटघाट र रमाइलो जरुरी भएको उनीहरुले बताए । सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारी तिवारीले महिलाप्रति सकारात्मक सोच र संम्मानपूर्ण भावना बढ्दै गएको बताउँदै तीज पर्वका बेला आयोजना गरिने विशेष कार्यक्रम र महिलाको जमघटलाई सकारात्मक रुपामा लिनुपर्ने उल्लेख गरिन् । उनले तीजलाई सकारात्मक उर्जा र नारी शक्ति प्रवद्र्धनसँग जोड्नुपर्ने तर्क गरिन् ।

स्वस्तीक हस्तकला उद्योगकी प्रोपाइटर सीता गुरुङले महिलाले आफ्रनो सीप क्षमतामा निखाइ ल्याई सँधै काममा व्यस्त हुने हो भने महिला महिलाबीच द्धन्द्ध समाप्त भई सद्भाव कायम हुने बताइन् । सिड फाउन्डेशनका अध्यक्ष ध्रुवनाथ अधिकारीले जुन ठाउँमा महिलाको सम्मान हुन्छ, त्यहाँ सकरात्मक उर्जा प्रवाह भएको जनाए ।

कार्यक्रममा सिड फाउन्डेशनका सल्लाहकार नवराज अधिकारी, निर्देशक दामोदरभक्त थापा लगायतले बोलेका थिए । फाउन्डेशनले हरेक महिना स्थानीय महिलालाई सीपमुलक तालिम दिँदै आएको छ । उक्त तालिमबाट करिब २ सय जना लाभान्वित भएका छन् ।

तालिम समापनसँगै सहभागी, आयोजक र अतिथिले तीजको शुभकामना आदानप्रदान गरेका थिए ।