सहारा एकेडेमी तामाङले सम्हाल्ने

फुटवलका पूर्व राष्ट्रिय खेलाडी मानबहादुर तामाङले सहारा एकेडेमी सम्हाल्ने भएका छन् ।

सहारा एकेडेमीका प्रशिक्षक विष्णु गुरुङ फुटसलको राष्ट्रिय टिम सम्हाल्ने भएपछि तामाङलाई एकेडेमीमा प्रशिक्षणको जिम्मा दिइएको हो ।

हिमालयन शेर्पा क्लबका टिम क्याप्टेन समेत रहेका तामाङले सहारा एकेडेमीमा रहेका २६ जना बाललाई प्रशिक्षण दिनेछन ।

उनी पहिलो पटक प्रशिक्षकको भूमिका निर्वाह गर्न लागेका हुन् ।