राजधानीको कलंकीस्थित पशुपति गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको उजुरी प्रहरीमा परेको छ । ती किशोरीलाई फकाएर लगी बलात्कार गरेको पनि उजुरीमा उल्लेख छ ।
पीडित किशोरीले प्रहरी समक्ष आफू फरक फरक व्यक्तिहरुबाट दुई पटक सामूहिक बलात्कारमा परेको बताए पछि प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी १ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ । ती किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेको र उनको खोजी भइरहेको छ ।




