कास्की जिल्ला बास्केबल संघको आयोजनामा प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता २०७६ भदौ १३ देखि पोखरा रंगशालमा हुने भएको छ । प्रतियोगिता १० कक्षा स्तरीय, निमामि तथा कक्षा १२ स्तरीय, स्नातक तह स्तरीय र भेट्रान्स गरी ४ विधामा हुनेछ ।
मावि अर्थात १० कक्षा स्तरीय प्रतियोगितामा प्रथम हुने छात्रको समूहले १२ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले ७ हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छ । छात्रा तर्फको खेलमा प्रथम हुनेले १० हजार, सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ६ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए ।
कक्षा १२ स्तरीय प्रतियोगितामा प्रथम हुने छात्रको समूहले १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले ८ हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छ । छात्रातर्फको खेलमा प्रथम हुनेले १२ हजार, सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ७ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
स्नातक तह स्तरीय प्रतियोगितामा प्रथम हुने छात्रको समूहले १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रोले ८ हजार हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । छात्रातर्फको खेलमा प्रथम हुनेले १२ हजार, सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ७ हजार, सिल्ड, मेडल र प्रमाणपत्र जित्ने छन् । कक्षा १२ स्तरीय प्रतियोगितामा प्रथम हुने छात्रको समूहले १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले ८ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । छात्रातर्फको खेलमा प्रथम हुनेले १२ हजार, सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ७ हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन्
प्रतियोगिताबाट १४ वर्षभन्दा कम उमेरका, १६ वर्षभन्दा कम उमेरका र १९ वर्षभन्दा कम उमेरका खेलाडी छनोट गरिनेछ । छनोट भएका टिमलाई कास्की जिल्ला बासकेटबल संघले जिल्ला स्तरीय बास्केबलको खेलाडीको टिम बनाउनका लागि प्रशिक्षण दिनेछ । प्रतियोगता गर्न १३ लाख खर्च लाग्ने अनुमान छ ।




