सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कप प्रतियोगिताको तयारी स्वरुप नेपाल यु-१९ टिम आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकन क्लब सिन्हालिज स्पोर्ट्स क्लब यु-२३ संग ३ विकेटले पराजित भएको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा सिन्हालिजले अन्तिम बलमा लक्ष्य ७ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा सिन्हालिजले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि ओपनर अभिस्का र इशानले १०६ रनको साझेदारी गरे। २४ औं ओभरमा पवन सर्राफले अभिस्कालाई ५२ रनमा क्याच आउट गराए। लगत्तै ६२ रन बनाएका इशानलाई कमल सिंह ऐरिले क्याच आउट गराउदै नेपाललाई खेलमा फर्काए। त्यस पछि सुर्य तामांगले तेश्रो विकेट दिलाए भने पवन सर्राफले चौथो र पाँचौ विकेट दिलाउदै खेलमा नेपाललाई हावी बनाए।

त्यस पछि थप २ विकेट झर्दा सिन्हालिज ४० औं ओभरमा २१०/७ को अवस्थामा रहेको थियो। नेपाल जिततर्फ बढ्ने परिस्थिति बन्दै गएको थियो सोहि अवस्थामा सिन्हालिज ब्याट्सम्यान थिलानले आक्रामक ब्याटिंग गरे।
रासिद खानले गरेको ४१ औं ओभरमा १६ रन बन्न पुग्दा सिन्हालिज खेलमा फर्कियो। अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक रहेको अवस्थामा कमल सिंह ऐरिले उत्कृस्ट बलिङ्ग गर्दै नेपाललाई जित दिलाउने प्रयास गरे। अन्तिम बलमा जितको लागि १ रन आवस्यक रहंदा नेपाली फिल्डरले क्याच ड्रप गर्न पुगे जसको फाइदा उठाउदै सिन्हालिजले खेल अन्तिम बलमा जित्न सफल रह्यो।
४२ ओभरमा उसले ७ विकेट गुमाएर २४१ रन बनायो।
नेपालको बलिङ्गमा पवन सर्राफले सर्वाधिक ३ तथा कमल सिंह ऐरिले २, सागर ढकाल र सुर्य तामांगले १/१ विकेट लिए।
नेपालको ब्याटिंग – लयमा फर्किए आसिफ शेख
खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २४० रनको योगफल तयार गरेको थियो।
नेपालले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि पवन सर्राफ र रित गौतले अर्धशतकीय साझेदारी गरे। ५८ रनको योगफलमा १३ औं ओभरमा पवन ३० रन बनाएर आउट भएपछि भने नेपालले लगातार विकेट गुमाउन पुग्यो। रित गौतम ३१ , लोकेश बम १ तथा कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भए।

रित गौतम र पवन सर्राफले अर्धशतकीय ओपनिङ्ग साझेदारी गरे
५८/१ को अवस्थाबाट ९६/४ पुगेको नेपाली टिमलाई तेश्रो नम्बरमा ब्याटिंग गरेका आसिफ शेखले धैर्यतापुर्वक ब्याटिंग गर्दै अघि बढाए। यस क्रममा उनलाई सन्दिप जोराले साथ दिए। जोरा ३३ रन बनाएर आउट भएपछि हरि चौहानसंग आसिफले अर्धशतकीय साझेदारी गरे र व्यक्तिगत अर्धशतक पनि पुरा गरे।
इनिंगको अन्तिममा आक्रामक ब्याटिंग गरेका आसिफ ठुलो सट खेल्ने चक्करमा ४० औं ओभरमा लंग अनमा क्याच आउट हुन पुगे। आसिफले ८८ रन बनाएर लामो समय देखिको रनको खडेरी तोड्दै फर्ममा फर्केको संकेत गरे।
कुशल मल्ल १० रन बनाएर आउट भए। अन्तिममा भिम शार्कीले अविजित १५ तथा हरि बहादुर चौहानले अविजित १५ रन बनाए।

आसिफ शेखले अर्धशतक बनाए
नेपालले श्रीलंका टुर अन्तर्गत ३ वटा अभ्यास खेल खेल्नेछ। दोश्रो अभ्यास खेल बिहिबार ( अगस्ट २९ ) नेपालले बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ। यस्तै शुक्रबार ( अगस्ट ३० ) टिमले चीला मरियन्स क्लबसंग तेश्रो अभ्यास खेल खेल्नेछ। ३ वटा अभ्यास खेल खेलेपछि टिमले सेप्टेम्बर १ र २ मा नेट र फिल्डिंग अभ्यास गर्ने तालिका रहेको छ।




