आत्महत्या दुरुत्साहन आरोपमा जेल चलान

आत्महत्या दुरुत्साहन आरोपमा पत्रकार रवि लामिछाने धरौटीमा छुटेकै दिन अर्का १ जना भने जेल चलान भएका छन् । प्रेमीकालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा बुढीगंगा नगरपालिका २ का गणेश थापालाई सोमबार जिल्ला अदालत कन्चनपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

भीमदत्त नगरपालिका–६ महेन्द्रनगर बसपार्ककी लक्ष्मी बुढाले २६ चैत्र ०७५ घरमै विष खाएर आत्महत्या गरेकी थिइन् । उनका बाबु बाबु मानबहादुर बुढाले उनका प्रेमी थापाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेर दिएका थिए । जिल्ला न्यायाधीश शिवलाल पाण्डेको इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।