अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको १० औं स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङले रक्तदान जत्तिको पवित्र कार्य अन्य हुन नसक्ने भन्दै रक्तदानको महत्वबारे जनतालाई अझै बुझाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष दिपेन्द्र राई, सल्लाहकार डा. टेकनारायण पौडेल, कामना सेवा विकास बैंकका शाखा प्रमुख विश्वराज अधिकारी, दाङ–पोखरा सम्पर्क समाजकी अध्यक्ष राधा केसी, धादिङ–पोखरा सम्पर्क समाजका निवर्तमान अध्यक्ष युवराज खतिवडा, कार्यक्रम संयोजक प्रेमशंकर बरुवाल लगायतले बोलेका थिए ।
महासंघकी अध्यक्ष मञ्जु पौडेल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणप्रसाद पौडेलले स्वागत र सञ्चालन महासचिव विजयकुमार प्रधानले गरेका थिए ।
उक्त अवसरमा संगम सांस्कृतिक मञ्च नेपालका टोलीले गीत प्रस्तुत गरेका थिए ।




