११ औं अन्तर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा अभिनव कोइराला च्याम्पियन बनेका छन् । गण्डकी बोर्डिङ स्कूलमा अध्ययनर उनले लिग चरणको ८ वटै खेल जितेर च्याम्पियन बनेका हुन् ।
कास्की जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा ग्लोवल कलिजियटमा अध्ययनरत प्रदीप बाँस्तोला द्वितीय भएका छन् । उनले ८ चरणमा ७ खेल जितेका थिए ।
प्रतियोगितामा इरिना गुरुङले तृतीय स्थान हासिल गरिन् । ग्लोवल कलिजियटमै अध्ययनरत उनले ७ अंक हासिल गरेकी थिइन् ।
यसैगरी छात्रातर्फको प्रतिस्पर्धामा इरिनाले नै प्रथम स्थान हासिल गरिन् । ग्लोवलकै प्रश्ना गुरुङ द्वितीय र गण्डकी बोर्डिङका मोनिका क्षेत्रीय तृतीय स्थान हासिल गरिन् ।
यस्तै प्रतियोगितामा कुल ३६.५ अंक प्राप्त गर्दै ग्लोवल कलिजियट च्याम्पियन बन्यो । गण्डकी बोडिङ ३४.५ र सैनिक आवासीय ३३ अंकका साथ तृतीय भयो । प्रतियोगितामा २८ विद्यालयका १ सय ८६ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।




