नेकपामा नेताको सार्वजनिक आलोचना गर्न बन्देज

पाल कम्युनिष्ट पार्टी  (नेकपा)ले आफ्ना नेता कार्यकर्तालाई पार्टीको शीर्ष नेताको सार्वजनिक रुपमा आलोचना गर्न बन्देज लगाएको छ ।

नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्यसमेतले शीर्ष नेताहरुको सामाजिक सञ्जालमार्फत् आलोचना गरेको पाइएपछि यस्तो निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका नेताको सार्वजनिक रुपमा आलोचना गर्न नपाइने तर पार्टीभित्र असन्तुष्टि राख्न पाइने बताए । 

नेताहरुको सार्वजनिक रुपमा आलोचना गरेको पाइए स्पष्टिकरण लिइनेछ भने त्यसपछि पनि नसच्चिए निलम्बन गरिने नेकपाले जनाएको छ ।

पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैबीच नेकपाले चारजना केन्द्रीय सदस्य थप गरेको छ ।

थप भएका केन्द्रीय सदस्यमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहेका छन् । नेकपाको विधानअनुसार १० प्रतिशत केन्द्रीय सदस्य थप गर्न पाइनेछ ।