रोल्पाको परिवर्तन गाउँपालिका वडा नं २ राँसीको वडा कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ। विस्फोटवाट कार्यालयको ढोका जलेर सामान्य क्षति भएको बताइएको छ।
राति १२ः३० बजे भएको विस्फोटले स्थानीयहरु त्रसित भएका छन्। बाल्टिन बम प्रयोग गरि कार्यालयको चारवटै ढोकामा जुटको बोरामा डिजेल राखेर आगजनीको प्रयास गरिएको बताइएको छ। बम विस्फोटपछि वडा कार्यालयमा आगलागी समेत हुन थालेपछि स्थानीयहरुले आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष हरिप्रसाद बुढाले बताएका छन। ुकार्यालय ध्वस्त बनाउने उद्देश्यले विस्फोट तथा आगजनी गरिए पनि स्थानीयको सहयोगले आगो नियन्त्रणमा लिँदा थप क्षति हुन भने पाएको छैन
घटना भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ओवाङको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटना कसले कुन उद्देश्यले गरायो भन्ने अहिलेसम्म खुल्न नसकेको बताइएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिसट पार्टीले देशका विभिन्न जिल्लामा रहेका वडा कार्यालयहरुमा यस प्रकारको घटना गराएकाले उक्त घटना पनि सोही पार्टीले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।






