पूर्वाञ्चल सेवा समाजमा नयाँ समिति

पूर्वाञ्चल सेवा समाज कास्कीको १५ औं साधारणसभा तथा ९ औं अधिवेसनले नयाँ समिति चुनेको छ । अधिवेसनले गोपाल खड्काको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।

समितिका वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, प्रथम उपाध्यक्ष बालकुमार लुइटेल, द्वितीय उपाध्यक्ष कुलप्रसाद पौडेल, सचिव मीनबहादुर दुलाल –मीलन), सहसचिव श्रीमान थापा र कोषाध्यक्ष शान्ता खनाल छन् ।

संस्थाका सदस्यमा भीमप्रसाद लुंगेली, कमलादेवी कटवाल, शंकर लुइटेल र सृजना पोख्रेल छन् । साधारणसभामा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले एकता र सहकार्य नै मानव समाजको समृद्धिको बाटो भएको बताइन् । उनले पूर्वाञ्चलबाट पोखरा आएकाहरुले यहाँका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गरेको बताइन् ।

समाजका अध्यक्ष डिबी राईको अध्यक्षतामा भएको कार्यक्रममा किराँत सेवा समाज अध्यक्ष लोकेन्द्र राई, सल्लहकार गणेश देवान, संस्थापक अध्यक्ष ओमविक्रम ओझा, सल्लाहकार इन्द्रमान चौहान, नवीन राई, कुलप्रसाद पौडेल लगायतले बोलेका थिए ।