ताजा समाचार

भाद्र ८ गते २०७६

खुकुरी प्रहार गर्ने २ जना पक्राउ

दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने दुई युवा पक्राउ परेका छन्।

घोराही–१५ को  भ्याली कलेज नजिकै १८ वर्षीय त्रिशक्ति बर्तौलालाई खुकुरी प्रहार गरी घाइते बनाउने   सोही स्थानका २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई  पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको छ  । घटना किन र कसरी भयो भन्ने बारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।


Loading...