आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा चितवन जिल्ला अदालतमा पत्रकार रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता हुने भएको छ। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको अभियोग छ ।
प्रहरीले हिरासतमा राखेर टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता९रुकु० कार्कीमाथि १० दिन अनुसन्धान गरेको छ । अनुसन्धानपछि फाइल सरकारी वकिलको कार्यालय चितवनमा बुझाएसँगै कार्यालयले मुद्दा अभियोगपत्र आइतबार तयार गरेको हो ।
जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माकाले आइतबार बिहान प्रहरीको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा आइपुगेको बताए । सरकारी वकिलको कार्यालयले सम्भव भएसम्म आइतबारै मुद्दा दायर गर्ने जनाइएको छ ।
लामिछाने विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर भएको हो। उक्त अभियोगमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ।
उनीहरुको बारेमा थुनछेक बहस आजैबाट सुरु हुने बताइएको छ। थुनछेक बहस गरी आजै हिरासतमुक्त नभए उनलार्य न्यायिक हिरासतमा राख्नुपर्ने छ ।






