गत सातामात्र नयाँ नेतृत्व पाएको श्रीपती कोइराला गुठीले २ नयाँ कार्यक्रम सम्पन्न गर्यो । समितिले श्रीकृष्णा जन्माअष्टमीको अवसर पारेर विश्व हिन्दू महासंघले आयोजना गरेको शोभा यात्रामा सहभागीलाई पानी वितरण गर्यो ।
गुठीका संस्थापक श्रीपती कोइरालाले साँघुमुखस्थित आफ्नै निजी जमिनमा पाटीपौवा र चौतारी निर्माण गरी बटुवालाई पानीको व्यवस्था गर्ने गरेको उनको नाममा लेखिएका पुस्तकहरूमा उल्लेख छ ।
गुठीको संस्थापक श्रीपतिकै सम्झनामा मानव कल्याणकारी कामलाई वर्तमान गुठी समितिले पनि निरन्तरता दिएको समितिका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए ।
समितिका सचिव नवराज कोइरालाका अनुसार शोभा यात्रामा सहभागीलाई करिब १२ हजार रुपैयाँ बराबरको पानी वितरण गरिएको हो ।
यसैगरी गुठी समितिले आयोजनामा गुठियारका महिला तथा चेलीहरू सहभागी गराएर तीजको दर समेत खुवाएको छ । कार्यसमिति सदस्य वसुन्धरा कोइरालाको संयोजकत्वमा भएको कार्यक्रममा सांगीतिक कार्यक्रम समेत भएको सचिव कोइरालाले बताए ।




