ताजा समाचार

भाद्र ६ गते २०७६

कवि तीर्थ श्रेष्ठ पुरस्कृत

रण स्मृति पुरस्कार संस्था बागलुङले यस वर्षको ‘शक्ति पुरस्कार’ पोखराका कवि तीर्थ श्रेष्ठलाई प्रदान गरेको छ ।

श्रेष्ठलाई शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आठ हजार राशिसहित पुरस्कार प्रदान गरे ।

नेपाली भाषा, साहित्यको उत्थानमा पुर्याएको योगदानवापत श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए ।

कवि श्रेष्ठ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचितसमेत हुन् । विसं २०१६मा जन्मिएका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविता’, ‘जिन्दगीको कुरु क्षेत्रबाट’, ‘पाइलाका निबहरूले’ लगायतका कृति प्रकाशित छन् ।

यसअघि ‘शक्ति पुरस्कार’ बाट भैरहवाका साहित्यकार बालकृष्ण भट्टराई र स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारी पुरस्कृत भइसेका छन् ।

विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा पुरस्कार संस्थाको स्थापना गरेका थिए ।


Loading...