ताजा समाचार

भाद्र ६ गते २०७६

कुन्ती मलमा एनआइसी एसियाको एटिएम

पोखराको पृथ्बीचोेकमा रहेको कुन्ती मलमा एनआइसी एसिया बैंकले एटिएम मेसिन राखेको छ । मलमा सबै प्रकारका सेवा दिने उद्देश्यले बिहीबारबाट एटिएम मेसिन सञ्चालनमा आएको हो । एटिएम बैंकका गण्डकी प्रादेश प्रमुख दीपेन्द्र शर्माले उद्घाटन गरे ।

प्रदेश प्रमुख शर्माले पोखरामा बैंकका ११ वटा शाखा र १७ एटिमएम मेसिन सञ्चालन भएको बताए । समयसापेक्ष डिजिटल प्रविधिलाई प्रोत्साहन गर्न बैंकले नयाँ खाता खोल्ने सेवाग्राहीलाई एटिएम र मोबाइल बैंकिङ सित्तैमा उपलब्ध गराएको शर्माले जानकारी दिए । देशभर एनआइसीका २ सय ९५ शाखा कार्यालय र ३ सय ५० भन्दा बढी एटिएम मेसिन छन् ।

मलमा नूनदेखि सुनसम्मका दैनिक उपभोग्य वस्तुका करिब १ सय ३० वटा सटर रहेको मल सञ्चालक विवेक गुरुङले जनाए । मलका अर्का सञ्चालक इन्द्रकुमारी बजिमायको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालकमा प्रभु गुरुङ, निरन्जन बजिमाया लगायतले बोलेका थिए ।

महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम र अफरहरु समेत मलमा रहेको व्यवसायी सबु पाठकले जानकारी दिइन् ।


Loading...