ताजा समाचार

भाद्र ६ गते २०७६

डिभी परेका वडाध्यक्षले दिए इमेलबाट राजीनामा

गएको चुनाव जितेपछि डिभी परेर अमेरिका गएका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्।

५ महिनाअघि अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले इमेलबाट राजीनामा पठाएको जानकारी दिए ।

गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी छ। उनको राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनुपर्छ । निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेको छ । उनी साबिक एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।


Loading...