ताजा समाचार

भाद्र ६ गते २०७६

नेपाललाई उछिन्यो ओमानले

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहिबार (२२ अगस्ट) जारी गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ओमानले नेपाललाई उछिनेको छ ।

नयाँ वरियता अनुसार ओमान १५ औं र नेपाल १६ औं स्थानमा रहेको छ। नेपाल यस अघि १५ औं स्थानमा रहेको थियो ।

ओमानले भर्खरै स्कटल्याण्डमा आयोजित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ४ खेल मध्ये ३ खेलमा जित र १ हार बेहोरेको गरेको थियो जुन क्रममा स्कटल्याण्डलाई एउटा खेलमा तथा पपुवा न्युगिनीलाई २ वटा खेलमा पराजित गरेको थियो भने एक खेलमा स्कटल्याण्डसंग पराजित भएको थियो ।

स्कटल्याण्ड वरियतामा १४ औं स्थानमा रहेको छ जसले विश्वकप लिग–२ मा ४ खेलमा ३ जित र १ हार बेहोरेको थियो । स्कटल्याण्डले ओमानसंग एक खेलमा हार र एक खेलमा जित हासिल गर्यो भने पपुवा न्यु गिनीलाई दुवै खेलमा पराजित गरेको थियो ।

नेपालले भने अन्तिम पटक एकदिवसीय अन्तर्राष्ट्रिय युएईसंग जनवरीमा खेलेको थियो। सो क्रममा युएईलाई नेपालले ३ वटा एकदिवसीयको सिरिजमा २–१ ले पराजित गरेको थियो। उक्त सिरिज पछि पहिलो पटक एकदिवसीय वरियतामा आएको नेपाल १५ औं स्थानमा रहेको थियो । अब नेपालले विश्वकप लिग–२ अन्तर्गत फेब्रुअरीमा ओमान र अमेरिकासंग नेपालमा त्रिकोणात्मक सिरिज खेल्नेछ ।

एकदिवसीय वरीयता
१.इंग्ल्याण्ड
२. भारत
३. न्युजिल्याण्ड
४. अस्ट्रेलिया
५. दक्षिण अफ्रिका
६. पाकिस्तान
७. बंग्लादेश
८. श्रीलंका
९. वेस्टइन्डिज
१०. अफगानिस्तान
११. आयरल्याण्ड
१२. जिम्बाबे
१३. नेदरल्याण्ड
१४. स्कटल्याण्ड
१५. ओमान
१६. नेपाल
१७. युएई
१८. पपुवा न्यूगिनी

खेलाडीको वरियता

एकदिवसीय वरियता अन्तर्गत ब्याटिंगतर्फ पारस खड्का १ सय ५० औं स्थानमा रहेका छन् । यस्तै सोम्पाल कामी १६६ औं र ज्ञानेन्द्र मल्ल २०० औं स्थानमा छन् । यस्तै बलिङ्गतर्फ सन्दिप लामिछाने १ सय ४० औं स्थानमा रहेका छन् ।

यस्तै पारस खड्का १६१ औं तथा सोमपाल कामि १६४ औं र करन केसी १९८ औं स्थानमा छन् । अलराउण्डरतर्फ पारस खड्का १३३ औं स्थानमा रहेका छन् भने सोमपाल आमी १४९ औं स्थानमा छन् ।

टि–२० वरियतामा नेपाल
नेपाल टि–२० वरियतामा ११ औं स्थानमा रहेको छ । अल–राउण्डरतर्फ कप्तान पारस खड्का २६ औं स्थानमा यथावत रहेका छन् ।

यो सूचीमा युएईका रोहन मुस्तफा १६ औं स्थानमा रहेका छन् । टि-२० अन्तर्राष्ट्रिय वरियतामा ब्याटिंगतर्फ नेपाली खेलाडीमध्ये शीर्ष स्थानमा पारस खड्का ६६ औं स्थानमा रहँदा बलिंगतर्फ बसन्त रेग्मी शीर्ष ७१ औं स्थानमा रहेका छन् ।

सोमपाल कामी ब्याटिंगमा २१४ औं, बलिंगमा ७८ औं र अल–राउण्डरतर्फ ६७ औं स्थानमा रहेका छन् । पारस खड्काले गत महिना मलेसियासंग अवीजित ८६ र त्यसपछि कुवेतसंग ६८ रन बनाएका थिए । बसन्त रेग्मीले टि–२० विश्वकप छनौट (एसिया फाइनल) मा कुल ७ विकेट तथा मलेसियासंग १ खेलमा मौका पाउँदा २ विकेट लिएका थिए ।


Loading...