पार्टीभित्र व्यक्तिवादी चरित्र मौलाउँदै गयो:अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरुमा अनुशासन हराउँदै गएको टिप्पणी गरेका छन् । उनले पार्टीका नेताहरुले जे मन लाग्यो त्यहि बोल्न लागेको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरुमा समुहको हितलाई वेवास्था गर्दै व्यक्तिगत रुपमा मनलागी बोल्ने शैली विकास भएको बताए । बिहिबारको सचिवालय वैठकमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चर्काचर्की भएको प्रति इंकित गर्दै अध्यक्ष प्रचण्डले अनुशासन हिनताले पार्टीलाई सहि दिशामा नपु¥याउने बताएका हुन् ।

‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं, आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं’, अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र व्यक्तिवादी चरित्र पनि मौलाउँदै गएको बताए । यसैबीच अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुमा कम्युनिष्ट आचरण शैली नभई राजा महाराजा शैली देखिएको बताएका छन् । उनले राजा महाराजाविरुद्ध लडेका नेतामा यस्तो प्रवृत्ति देखिनु प्रति दुख ब्याक्त गदै नेपालका कम्युनिष्ट नेतामा पनि त्यस्तै प्रवृत्ति विकास हुँदै गएको टिप्पणी गरेका छन् ।