नेपाली कांग्रेसका सांसद गगन थापाले विश्वविद्यालयमा राजनीतिक भर्ती बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।
विश्वविद्यालयलाई पार्टीको भागवण्डामा पार्दा विश्वविद्यालयहरू बर्बाद र हुनुका साथै छवीभुमीलिएको बताउँदै नेता थापाले गल्ती सुधारी विश्वविद्यालयमा राजनीतिक भर्ती बन्द गर्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीट् मार्फत सांसद गगन थापाले विश्वविद्यालयलाई हामीले बर्बाद बनाउनुमा सबैको उत्तिकै हात रहेको बताउँदै यो विषयमा कुनै एउटा राजनीतिक दल ले मात्र नभई सबैले गम्भिर भएर जिम्मेवारी निभाउनु पर्ने उनको भनाई छ ।
विश्वविद्यालयको अस्तित्व जोगाई राख्नका लागि सबै एकजुट हुनुपर्ने उनको भनाई छ । सरकारलाई विश्वविद्यालयमा पार्टीको छाया नबनाउने र दलीय भागवण्डामा पदाधिकारी छनोट गर्ने प्रक्रिया तत्काल बन्द गर्न आग्रह गरेका छन् ।






