नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाल पक्राउ परेका छन् । उनीहरुलाई कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट पक्राउ गरेको हो ।
रुपेश र हमाललाई पोखरा ल्याइदै गरेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । हमाल नेकपा विप्लव निकट जनपत्रकार संगठन नेपाल केन्द्रीय सदस्य र गण्डकी प्रदेश संयोजक हुन् । हमाल जनसञ्चार डट कमका सम्पादक पनि हुन् ।
गत फागुनमा सरकारले विद्रोही नेकपालाई प्रतिवन्ध लगाएपछि देशैभरि नेकपा कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।






