अन्तरलायन्स फुटवलको तयारीमा पिससिटी

क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले अन्तर लायन्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा प्रतियोगित हुन लागेको हो । क्लबको यो छैटौँ संस्करणको प्रतियोगिता हो ।

स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्दै आएको कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत बर्षमा डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सीमित रहेको प्रतियोगिता यस बर्षदेखि मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत ४ वटै डिष्ट्रिक्टका क्लबलाई आमन्त्रण गरिने भएकोे छ ।

प्रतियोगितामा ६० भन्दा बढी लायन्स क्लब सहभागी हुने अपेक्षा छ । खेलको क्रममा खेलाडी घाइते भएमा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार विमा समेत गरिएको छ ।

प्रतियोगिता विजेताले ३५ हजार ५ सय ५५, र उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।