ताजा समाचार

भाद्र ५ गते २०७६

नारी परोपकार केन्द्रको अभिमुखीकरण

नारी परोपकार केन्द्र सिमलचौर पोखराले तिजको अवसरमा मनोसामाजिक सुरक्षा तथा मनोविमर्श सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ७० जना महिला सहभागी थिए । सहभागीलाई प्रभा आचार्यले प्रशिक्षण दिएकी थिइन् ।

केन्द्रका अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधा कुमारी शर्माले स्वागत र सचिव पार्वती गिरीलेसंचालन गरेकी थिइन् ।

उक्त अवसरमा नेपाली काग्रेस कास्की जिल्ला सहसचिव रंगिला आचार्यले समाज परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण भएको भन्दै सकारात्मक सोंच राखी अगाडि बढेमा जुनसुकै काम पनि सहज तरिकाले सम्पन्न गर्न सकिने बताइन् ।

कार्यक्रममा दशनामी समाज कास्कीका अध्यक्ष रञ्जिता गिरी, केन्द्रकी पूर्व अध्यक्ष जमुना गिरी, पोखरा विश्वविद्यालयका सहप्रशासक तारा सापकोटा, जनप्रिय क्याम्पसकी लाइब्रेरीयन राधा पौडेल लगायतले बोलेका थिए ।


Loading...