भारतीय नागरिकलाई नागरिकता दिने बेनिघाट रोराङ– १० ओप्राङका बुद्धिबहादुर प्रजासहित नक्कली नागरिक बनेर नागरिकता लिने भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
बुद्धिबहादुरलाई भाई हो भनेर सनाखत गर्ने र नक्कली नागरिता लिने दुवैलाई प्रहरीले पक्रेको हो । यसरी नागरिकता लिन नक्कली विवरण पेश गर्ने भारतीयको नाम, ठेगाना भने खुलेको छैन ।
५१ वर्षीय बुद्धिबहादुर प्रजाले भारतीय युवकलाई आफनो सहोदर भाइ बनाएर प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएका थिए ।






