लायन्स सिटी नारी सम्मान सुष्मा पौडेललाई

लायन्स क्लब अफ पोखरा लायन्स सिटीले यस वर्षको नारी सम्मानवबट सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडेललार्इ सम्मान गरेको छ ।

तीजको अवसरमा आयोजना गरिएको कार्यक्रममा समाज परिवर्तनका लागि अनवरत रुपमा लागिपरेकोमा पौडेललार्इ सम्मानपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको हो । सल्लाहकार सुचित्रा थापाले लायन्स क्लबका माध्यमबाट धेरै महिलामा सामाजिक भावना बढ्नुका साथै नेतृत्व विकाससमेत भएको बताइन् । उनले यस्ता प्रकारका सम्मानले सम्मानित हुनेलार्इ मात्र होइन, अन्य महिलालाई समेत उत्प्ररणा मिल्ने उल्लेख गरिन् ।

सम्मानित व्यक्तित्व पौडेलले सम्मानले समाजमा अझै सशक्त भएर लाग्न प्रेरणा मिलेको बताइन । तिज महिला अधिकार प्राप्त गर्ने आध्यात्मिक,धार्मिक, सामाजिक र आत्मिक महत्वको चाड भएको भन्दै उनले नारीहरु फुटेर होइन जुटेर अगाडि बढ्नपर्ने विचार राखिन् ।

क्लबका अध्यक्ष भुवनकुमारी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सावित्री अर्याल, उपाध्यक्ष पार्वती अधिकारी, रीता सुवेदी, सीता घिमिरे सावित्रा केसी लगायतले बोलेका थिए ।