निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी प्रहरी अनुसन्धानमा रहेको भिडियो किर्ते गरेको भन्दै पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार जाहेरी दिएकी हुन् ।

जाहेरी मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार दर्ता गरेको निकिताको अधिवक्ता राजेन्द्र सेढाइले जानकारी दिएका छन् ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।