कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ

मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई रकम उनले मागेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले कुँवरलाई सेवाग्राहीसँग ५९ हजार लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक नजिकैबाट मंगलबार नियन्त्रण लिएको अख्यितार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।