जँड्याहाको हर्कत : श्रीमती र छोरालाई ज्यूँदै जलाएर मार्ने प्रयास

धादिङमा एक जना पुरुषले आफ्नो श्रीमती र छोरालाई आगो लगाएर जलाउन खोजका छन्।

गएराति सिद्धलेक गाउँपालिका १ धारापानीका जिवेश लम्सालले आफ्नी २४ वर्षीया विमला लम्साल र २ वर्षको छोरा जेनिसलाई आगो लगाइ मार्ने प्रयास गरेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी रुपक खड्काले बताए।

श्रीमती लम्सालको अनुहार र हात र छोराको कोखा हात र टाउकोको आंशिक भाग जलेको प्रहरीले बताएको छ।

उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घरायसी झगडा र मापसेका कारण जलाउने प्रयास गरिएको प्रहरीको चनाइ छ।  जिवेश अहिले प्रहरी नियन्त्रणमा छन्।