सुकुम्बासी र अव्यवस्थित बसोबासीले १० वर्षदेखि प्रयोग गर्दै आएको जग्गा पाउने भएका छन्। मंगलबार प्रतिनिधिसभाले १० वर्षदेखि उपभोग गर्दै आएको ऐलानी, वन क्षेत्र जनिएको वा सरकारी जग्गामा बसोबास गरेका सुकुम्बासीलाई एक पटकका लागि जग्गा दिने व्यवस्था पारित गरेको हो ।
यो प्रावधानसहित भूमि सम्बन्धि आठौं संशोधन विधेयक पारित गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले फागुन २९ गते संसदमा दर्ता गरेको संशोधन विधेयकमा परिमार्जन गर्दै विधेयक पारित भएको छ ।
विधेयकले जोसुकै सार्वजनिक जग्गा भोगचलन गर्दै आएका व्यक्तिले जग्गाका लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपालको कुनै पनि भूभागमा जमिन नभएको र आफ्नो आयआर्जनले समेत जग्गा जोड्न नसक्ने व्यक्ति भनि किटान गरेको छ।
सुकुम्बासी र अव्यवस्थित बसोबासीले यसरी प्राप्त गरेको जग्गा अंशवण्डा र अपुतालिको अवस्थामा बाहेक अरु कुनै पनि परिस्थितिमा १० वर्षसम्म हक हस्तान्तण गर्न पाइने छैन।
model pix




