यस कारण थपियो रविलाई ५ दिन म्याद

जिल्ला अदालत चितवनले पत्रकार रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अनुुसन्धान नसकिएको भन्दै प्रहरीले १० दिन थुनामा राख्न माग गरेकोमा अदालतले ५ दिन अनुमति दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अब थप ५ दिन हिरासत रहनेछन् । गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।