के प्रधानमन्त्रीको उपचार नेपालमा सम्भब छैन?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको स्वास्थ्य उपचार नेपालमै गर्नसकिने व्यवस्था मिलाउन माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि पटक पटक सिंगापुर जानुपरेको बिषय लिएर सांसदले प्रश्न उठाएका हुन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सुवालले ‘के प्रधानमन्त्रीको स्वास्थय उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र सिंगापुर नै जानुपर्ने ? केहि रुपैयाँको स्वास्थ्य उपकरण खरिद गरिए प्रधानमन्त्री लगायत सर्वसाधारणको नेपालमै उपचार गर्न मिल्ने सुझाब पनि दिएका छन्।

गत साउन १८ गते सिंगापुर गएर १० दिनको उपचारपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किएका थिए। स्वास्थ्य समस्या बल्झिएपछि प्रधानमन्त्री ओली फेरी सिंगापुर जान लागेका हुन्। ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।