सिंहदरबारभित्र नायव सुब्बा मृत फेला

राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेका छन्। नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको अनुगमन हलमा मंगलबार बिहान मृत भेटिएका हुन् । 

प्रहरीका अनुसार विष पिएर उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ। प्रहरीले अहिले उनको शव भएको स्थानमा मुचुल्का उठाइरहेको छ। केसी मृत भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिएका छन्।