ताजा समाचार

भाद्र २ गते २०७६

आफ्नै छोरी नभन्ने यस्ता पतित पिता…

नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् ।

बाबु–आमा दुबै सम्पर्कविहिन भई  बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२  (नाम परिवर्तनलाई ) आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का  ६० बर्षीय कलंकराम (नाम परिवर्तन )  गत एक महिनादेखि  बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन् ।

नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए ।

उनलाई आजै जबरजस्ती करणीको मुद्धा दायर गरि अनुसन्धान  थालिएको छ । उनलाई आजै जबरजस्ती करणीको मुद्धा दायर गरि अनुसन्धान  थालिएको छ ।