आज राति एनसेल मोवाइलमा समस्या आउने

निजी सेवा प्रदायक दूरसञ्चार कम्पनी एनसेलको सेवामा समस्या आउन सक्ने भएको छ ।

उक्त समस्या आज भदौ २ गते सोमबार राति ९ बजेबाट भोलि मंगलबार बिहान ९ बजेसम्म आउन सक्ने छ । एनसेल आफैले सूचना प्रकाशित गरी यसबारेमा जानकारी गराएको छ ।

एनसेलले नयाँ प्रविधि ‘युवा पुस्ताको विलिङ प्लेटफर्म’ प्रयोगमा ल्याउन लागेकाले सो अवधिमा समस्या आउन सक्ने जनाएको हो ।

यसप्रति एनसेलले माफीसमेत मागेको छ । यो प्रविधिले युवा लक्षित प्याकेजहरू ल्याउन सजिलो हुने कम्पनीले जनाएको छ ।