ताजा समाचार

भाद्र २ गते २०७६

पोखरामा वर्षा शुरु, लामै झरीको सम्भावना, सतर्क रहन आग्रह

पोखरामा आज सोमबार बिहानैदेखि मौषम बिग्रिएको छ । मौषम परिवर्तन भएर अँध्यारो भएको छ ।

बिहान फाट्टफुट्ट पानी परिरहे पनि ९ बजेदेखि लगातार पानी परिरहेको छ । भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पोखरामा भएको वर्षाले लामै झरी पर्न सक्ने देखिन्छ । वर्षा मुलुकभर हुने केही जिल्लामा वाढी समेत आउन सक्ने मौषममहाशाखाको अनुमान छ । साथै चट्यांक पनि पर्न सक्ने भएकाले विशेष सतर्क रहन आग्रह गरिएको छ ।

महाशाखाले केही बेरअघि जारी गरेको बुलेटिनमा पश्चिमका तराई र पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा गराउने प्रणाली सक्रिय भइ दाङ, कपिलवस्तु तथा यसका आसपासका स्थानहरुमा मेघ गर्जनसहित वर्षा झन् सक्रिय हुँदै गएको जनाइएको छ ।

आगामी बुधबारसम्म मौसम सामान्यतया बदली रहने जनाउँदै मौसम पूर्वानुमान महाशाखाले अबका २४ घण्टामा मेघगर्जन र चट्याङ्गबाट जोगिन सबैमा आग्रह गरेको छ ।


Loading...