राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा लागेको आगो नियन्त्रण

भरतपुरको चौबिसकोटीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको छ । 

आज (सोमबार) बिहान करिब ७ बजेको समयमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको हो ।

भरतपुर महानगरपालिकाको २ वटा दमकल, खैरहनी नगरपालिकाको एउटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । 

आगलागीबाट राष्ट्रिय बाणिज्य बैंकको भुइँतल्लामा रहेका सामानमा  पूर्ण रुपमा क्षति पुगेको छ ।  कोठामा रहेका कम्प्युटरलगायतका अन्य सामानहरु जलेर नष्ट भएका छन् ।

कोठामा रहेको एसीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीको थप विवरण भने आउन बाँकी रहेको छ ।