ताजा समाचार

भाद्र १ गते २०७६

विश्व हिन्दू महासंघ पोखरा महानगरमा सविना

विश्व हिन्दू महासंघ पोखरा महानगर समितिको अध्यक्षमा सविना अधिकारी क्षृत्री चयन भएकी छन । उनले यसअघि समितिको उपाध्यक्ष रहेर काम गरेकी थिइन ।

धार्मिक एवं सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय सविनाले अध्यक्षमा निर्वाचित भएपछि हिन्दू धर्मको संरक्षण र परम्परागत एवं सांस्कृतिक महत्वलाई जोगाईराख्न समितिले सक्रियतापूर्वक काम गर्ने बताईन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा युवराज श्रेष्ठ, उपाध्यक्षमा दीपक आचार्य, मनहरि बराल, गोपालबहादुर थापा चयन भएका छन् ।

यस्तै संस्थाको महासचिवमा शिवप्रसाद कोइराला, सचिवमा पार्वती पनेरु र शालिक गौतम, कोषाध्यक्षमा मनोज दुवे शर्मा छन् र सहकोषाध्यक्षमा महेन्द्रकुमार थापा छन् ।

संस्थाको कार्यसमिति सदस्यमा शारदा कार्की, सरस्वती आचार्य, हरिराज कोइराला, मैया सापकोटा, धनमाया सापकोटा, देवकी बराल, तेजबहादुर बस्नेत छन् ।

साथै ईन्द्रलाल सुवेदी, घनश्याम शर्मा ढकाल, प्रतिक्षा शर्मा, मनबहादुर क्षेत्री र सीता शर्मा पनि समाजको कार्यसमिति सदस्य पदमा चयन भएका छन् ।


Loading...