ताजा समाचार

भाद्र १ गते २०७६

बल्ल घट्न थाल्यो सुनको मूल्य

 साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेको छ ।

शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ । चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । 


Loading...