ताजा समाचार

भाद्र १ गते २०७६

लोकनृत्य कलाकार संघ गठन, अध्यक्षमा केशबहादुर गुरुङ

पोखरा क्षेत्रका लोकनृत्य विधाका कलाकारको भेलाले लोकनृत्य कलाकार संघ तदर्थ समिति गठन गरेको छ । भेलाले केशबहादुर गुरुङलाई अध्यक्षमा भयन गरेको छ ।

समितिको उपाध्यक्षमा सनबहादुर गुरुङ, महासचिवा डबिन गुरुङ, सचिवमा माया थापा, कोषाध्यक्षमा रेशम गुरुङ छन् । यसैगरी समितिको सदस्यहरुमा आशिष पुन, राहुल थापामगर, मुना गुरुङ, राम लामा, जसु गुरुङ, प्रिती गुरुङ छन् ।

वरिष्ठ नृत्य निर्देशक मेनकाजी गुरुङ संयोजकत्व, मनकुमार श्रेष्ठ, कर्णबहादुर गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष केसबहादुर गुरुङले लोक नृत्यका सबै कलाकारलाई समेट्न पहल गर्ने, छिट्टै संस्था गर्न जुट्ने प्रतिवद्धता जनाए ।

यस अघि भेला उद्घाटन गर्दै वरिष्ठ नृत्य निर्देशक मेनकाजी गुरुङले लोक नृत्य कलाकार मात्रै भन्दा पनि नृत्य कलाकार संघको रुपमा अघि बढ्न सकेमा राम्रो हुने बताए ।

उनले संस्थामा नृत्य गर्ने कलाकार मात्रै नभएर नृत्यलाई माया गर्ने संस्थाका लागि आवाश्यक सहयोगीको पनि सहभागीता गर्न सकेमा संस्था हाँक्न सहज हुने बताए ।

राज्यसँग स्रोतसँगै, नीति, योजनाका बारेमा पनि लबिङ जरुरी भएकाले सबै खालका जानकारलाई संस्थाको आवद्ध गराउनुपर्ने उनले खाँचो औंल्याए ।

लेखनाथ साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले नेपालको लोक संस्कृति जगेर्ना गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

लोकनृत्य कलाकार संघ नेपालको भेला आयोजक समितिका संयोजक केशबहादुर गुरुङको अध्यक्षतामा भएको भेलाको सञ्चालन माधव गुरुङले सञ्चालन गरेका थिए ।


Loading...