ताजा समाचार

भाद्र १ गते २०७६

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

  गोरखाको लक्ष्मीबजारमा एक श्रीमानले धारिलो हतियारले हानेर श्रीमतीको हत्या गरेका छन्। गोरखा प्रहरीका अनुसार याकुब परियारले श्रीमती पुजा परियारलाई धारीलो हतियारले हानेर हत्या गरेको हो ।

गएराति करिब १० बजेतिर श्रीमानले खुर्पाले हानेर श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् । मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ ।

परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको र यसैबीचमा घटना भएको प्रहरीले जनाएको छ । परियारलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।


Loading...