सबै मकै सोत्तर भएपछि…

भेरी नगरपालिका-१, कालेगाउँ जाजरकोटमा हावाहुरीले मकैवालीमा ठूलो क्षति बनाएको छ । 

मकैका बोट सबै ढलेपछि सरोकारवाला निकायले क्षतिको विवरण संकलन गरिरहेको छ । 

शनिबार आएको हावाहुरीबाट भर्खरै घोगा लागेको मकैको बोट ढल्नाले किसानहरु मर्कामा परेका छन् । मुखमा आइसकेको खेती यसरी गएपछि किशानहरू अब भोकमरी लाग्ने चिन्तामा छन् ।