प्रधानमन्त्रीले आज संसद्‌मा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार बिहान कुराकानीमा प्रधानमन्त्रीले सम्बोधनका क्रममा समसामयिक सबैजसो कुराको चर्चा गर्ने बताए ।

उनका अनुसार प्रधानमन्त्रीले आफू स्वास्थ्य उपचारका सिलसिलामा हालै सिंगापुर भ्रमण गर्न गएको प्रसंगमा समेत संसदमा सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओली १० दिन लामो स्वास्थ्य उपचार गरेर गएको सोमबार स्वदेश फर्किएका थिए ।  त्यसपछि सत्तारुढ नेकपाका सचिवालय बैठक बसी कार्यविभाजन समेत भइसकेपछि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् । 

प्रधानमन्त्री सिंगापुर जानुअघि एक जना मन्त्री पनि सरकारमा थप थपेका थिए ।

तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि रहँदै आएको मन्त्री पदमा प्रधानमन्त्रीले सिंगापुर प्रस्थान गर्नुअघि योगेश भट्टराईलाई नियुक्त गरेका थिए ।