ताजा समाचार

श्रावण ३२ गते २०७६

महानगरको अभियानमा युवाको साथ

महानगरको अभियानमा युवाको साथ पोखरा महानगरको अभियान सार्वजनिक यातायातमा यात्रा कार्डको प्रयोग र इटिकेटिङ्गको प्रयोगबारे युवा सचेतना कार्यक्रम भएको छ ।

५० युवाहरुको समुहमा छलफल गरिएको अन्तर्कृया कार्यक्रममा कार्ड इश्यु तथा प्रयोगको बारेमा एन क्लाउडका ब्यवस्थापक दिपेन्द्र श्रेस्ठले प्रस्तुति दिए सङ्गै छलफल सुरु गरिएको थियो ।युथ थिन्कर्स सोसाइटी र महानगर बाल मन्चका सहभागीता रहेको कार्यक्रममा बस ब्यवसायी तथा महानगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बस ब्यवसायिले कार्ड प्रयोग गरि यात्रा गर्दा भाडामा सहुलियत दिने प्रतिवद्दता जनाएका थिए ।भदौ 1 र 2 गते युवाहरुले बिध्यालय तथा समुदायमा यात्रा कार्डको प्रयोग बारे जानकारी गराउनेछन ।


Loading...