ताजा समाचार

श्रावण ३२ गते २०७६

पोखरा सहकारीको २०औं साधारणसभा

पोखरा–८, सृजनाचोकस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लि. को २०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारी संस्थाका सञ्चालक तथा शेयरसदस्यहरुले सहकारी सम्बन्धी नयाँ ऐन, कानून र सिद्धान्तको बारेमा राम्रो जानकारी राख्नुपर्ने धारणा राखे ।

उनले अबदेखि बचत तथा ऋण सहकारी संस्थाले पनि कुल लगानीको ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक, नेफस्कून गण्डकी प्रदेशका संयोजक एवं पोखरा महानगरपालिका सहकारी समितिका सदस्य भीमबहादुर गुरुङ्गले सहकारी संस्थाहरुले ठोस नीति तथा कार्यक्रम बनाएर लागू गर्नुपर्ने र अब गण्डकी क्षेत्रका सहकारीहरुले नेफस्कूनले सञ्चालन गरेको एक्सेस ब्राण्डीङ्गको प्रोवासनमा जानुपर्नेमा जोड दिए ।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदिप ढकालले राज्यले अझै पनि सहकारीमैत्री ऐन कानून बनाउन नसकेको भन्दै आफू सबल र सक्षम हुन सहकारी संस्था आफैंले संस्थाको जगेडाकोष बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए ।

संस्थाका अध्यक्ष ईन्जिनियरसुरेन्द्र बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव शेयर सदस्य प्रभा शर्मा, मदन प्रसाद द्वा, निवर्तमान अध्यक्ष आशबहादुर गुरुङ्ग, सचिव ईन्द्र प्रसाद द्वा लगायतले बोलेका थिए ।

वि.सं. २०५९ सालमा स्थापित सहकारीले गत आ.व. मा १ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । हाल संस्थाको शेयरसदस्य संख्या २ हजार ७ सय छन् भने १८ जना कर्मचारी संस्थामा कार्यरत छन् ।


Loading...