इनरह्वील क्लब अफ पोखरा मिडटाउनले अटिजम ट्रेनिङ सेन्टर यूनिट, ह्युमन रिसोर्स सेन्टर बिरौटा, पोखरा–१७ मा खानेपानी शुद्धीकरणका लागि युरोगार्ड प्रदान गरेको छ ।
अटिजम ट्रेडिङ युनिटका प्रमुख सम्झना पराजुलीलाई संस्थाकी अध्यक्ष सावित्री मोक्तान थापाले युरोगार्ड हस्तान्तरण गरेकी थिइन् ।
उक्त अवसरमा बोल्दै पराजुलीले अटिजम र यसका विभिन्न तह हुने र यस्ता बालबालिकाले उचित वातावरण र साथ पाएमा तिक्ष्ण प्रतिभाशाली भएर निक्लने जानकारी दिइन् ।
इनरह्वील क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष सावित्री मोक्तान थापाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक एवं निवर्तमान अध्यक्ष सावित्री नेपाली, उपाध्यक्ष दयालक्ष्मी बतास, सचिव माधवी बाँस्तोला लगायतले बोलेका थिए ।





