ताजा समाचार

श्रावण ३२ गते २०७६

चितवन थप तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे प्रहरीले चर्चित पत्रकार रबि लामिछाने र अन्य दुईजनालाई नियन्त्रणमा लिएपछि चितवनको माहोल निकै तातेको छ । हिजो दिनभर प्रदर्शन गरेका सर्बसाधारणहरुले आज पनि बिहानैदेखि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले आज लाठीचार्ज गरेपछि उनीहरु आक्रोशित बनेका छन् ।

शान्तिपुर्ण रुपमा प्रदर्शन गर्दैगरेको अवस्थामा प्रहरीले बलप्रयोग गरेको भन्दै प्रदर्शनकारीहरुले बिरोध जनाएका छन् । न्याय सम्पादन प्रक्रिया सही ढंगले अगाडि बढोस् भन्नका लागि दबाब सृजना गर्न चितवन मात्र होईन देशका बिभिन्न भुभागहरुबाट जनता आईपुगेका छन् ।

जिल्ला प्रहरी कार्यालयको बाटो भएर यात्रा गर्न प्रहरीले रोक लगाएको छ । जिल्लाको शान्ति सुरक्षा कडा पारिएको छ ।हिजो प्रहरीले स्थितीलाई सामान्य पार्न केही सेल अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।


Loading...