१ सय १ वर्षीया धनमाया सम्मानित

पोखरा महानगरपालिका वडा नंं १९, चितेपानी निवासी १ सय १ वर्षीया धनमाया गौतम सम्मानित भएकी छन् ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल पोखराले उनलाई उनकै निवासमा पुगेर सम्मान गरेको हो । उनलाई संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

१ सय १ वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने उद्देश्य अनुरुप समाजले उनलाई सम्मान गरेको अध्यक्ष भक्तराज श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा सम्मानित व्यक्तित्व गौतमले घरमा पुगेका ज्येष्ठ नागरिक समाजका पदाधिकारीलाई आशिर्वाद दिएकी थिइन् ।

गौतमकी बुहारी राधा गौतमले सासुआमालाई आफ्नै आमा भन्दा बढी माया गरी स्याहार सुसार गरेकी हुनाले नै यो समसयम्म देख्न पाइएको प्रतिक्रिया दिइन् ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कमल पौडेल अथकले ज्येष्ठ नागरिकको सम्मानले नै नैतिक मूल्य, मान्यता र संस्कार जीवित रहने स्पष्ट पारे ।

संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद ढकाल, सचिव ईच्छाबहादुर वाग्ले, सदस्य हरिप्रसाद फूँयाल, ज्येष्ठ नागरिक पुरुन्चौर शाखा अध्यक्ष सोमराज पौडेल, सम्मानित गौतमका छोरा देवेन्द्रराज गौतम लगायतले बोलेका थिए ।