ताजा समाचार

श्रावण ३२ गते २०७६

“अब करको दर नबढाउने ” अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री डा. युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएका छन् ।काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आन्तरिक राजश्व कार्यालयको उद्घाटनमा उनले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताए ।

उनले भने, ‘अहिले सबैभन्दा बढी रु २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन ।’संस्थागत आयकर र मुल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै उनले त्यसको अझैसम्म परिवर्तन नगरेको बताएका छन्।

करको दर नबढेको तर सङ्घीय संरचनामा जाँँदा तीन वटा सरकारलाई एक्लो सरकार देख्ने र प्रदेश र स्थानीय तहमा उठाउनुपर्ने करलाई सङ्घको सरकारको करसँग जोडेर सरकारले बढी कर लगाएको रहेछ भनेर एक वर्षको बीचको अनुभवले देखाएको उनले बताए ।

स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले ‘आम्दानी हुँदा तिर नहुँदा नतिर भन्ने उद्देश्यबाट’ व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको उनले बताए ।मन्त्री खतिवडाले व्यवसायीलाई पनि स्वच्छ, पादर्शी र प्रतिस्पर्धी व्यवसाय गर्ने अवसर प्रदान गर्न सरकार तयार रहेको उनको भनाइ छ ।


Loading...