रवि लामिछानेको रिहाईको माग गर्दै प्रर्दशन

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जना पक्राउ परेपछि शुक्रवार विहानै देखि मुलुकभरका विभिन्न स्थानमा रविका समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । वि८रोधमा उत्रिएकाहरुले चितवन जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । अन्य जिल्लामा पनि विभिन्न स्थानमा नारावाजी गरिरहेका छन् ।

प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ ।

निय८न्त्रणमा लिइएका पाँच जनाको नाम भने खुलेको छैन । प्रहरीले अवस्था विग्रन नदिन निगरानी समेत बढाएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन ।

केहि समय अगाडी चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आफुले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्बजनिक भएपछि घ८टनाले यस्तो मोड लिएको हो । प्रहरीले रवि लगायत तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।