ताजा समाचार

श्रावण ३१ गते २०७६

हवाई सुरक्षाः हेलिकप्टर र साना जाहाज मुख्य चुनौती

नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राम मुनीका जहाज चुनौति देखिएका छन् ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले बिहीबार जारी गरेको १० वर्ष प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ ।

हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन९ईयु०ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ । 

प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।